काठमाडौं  - ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको हो । 

आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि  ‘किन ढेसिएर हिँडेको’ भन्दै  चेकिङमा रहेका ट्राफिक प्रहरी जवान थापाले  निहुँ खोजेर कुटपिट गरेका थिए ।