कांग्रेसको संकेत सह्रानीय : डा. भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको निर्णयप्रति प्रसंशा गरेका छन् ।
शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको थियो । त्यसको भोलीपल्ट पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कांग्रेसले बल्ल प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेतप्रति सह्रानीय भएको बताएका हुन् ।
आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने उनको भनाई छ । ‘अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।’ उनले भनेका छन्,‘आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!’
फेसबुक पेज Like गर्नुहोस