सिन्धुपाल्चोक बाढी : बेपत्ता ७ जनाको शव भेटियो
काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार साँझ हेलम्बु गाउँपालिकाबाट मेलम्ची नदीले बगाउँदा बेपत्ता भएका ७ जनाको शव बुधबार दिउँसो भेटिएको हो । शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ र उनकी श्रीमती छन् ।
यस्तै, एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इन्द्रावती नदीको किनारमा फेला परेको सो शवको पहिचान भने खुल्न सकेको छैन ।
बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । साथै, ३ ओटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षती भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस