काठमाडौं - बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । 

छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको अस्पतालले जनाएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । 

उपचार गर्नुअघि श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । 

विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका थिए ।