काठमाडौं - प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले संसद बैठकमा आफ्नो कपडा फुकालेका छन्। स्वतन्त्र सांसद सिंहले आफुलाई बोल्न समय नदिएको भन्दै विरोधस्वरुप आफ्नो लुगा फुकालेका हुन्।

संसद बैठक सुरु हुनासाथ सांसद सिंहले आफूलाई बोल्न दिनुपर्ने भन्दै विरोध गरेका थिए। सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए।

बैठकमा सांसद सिंहले असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए। सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए।  अहिले संसद बैठकको नियमित कार्य सुरु भएको छ।