हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि कुटपिट
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं-मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ। हेटौंडा उपमहानगर-२ बुद्धचोकका स्थानीय पुरूषोत्तम खड्काले उपमेयर बानियाँमाथि कुटपिट गरेका हुन्।
आइतबार बिहान उपमेयरमाथि सामान्यव्यक्तिगत विवादका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।
स्थानीय पुरूषोत्तमलाई नियन्त्रमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। बानियाँ २०७९ को स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए।
फेसबुक पेज Like गर्नुहोस