‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ’
काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेर कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबारे आयोगको पछिल्लो निर्णयमा यो स्पष्ट भएको नेता श्रेष्ठको भनाई छ ।
मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य रहेको उनको टिप्पणी गरेका छन् । नेकपाको बारेमा पनि यस्तै गरिएको भन्दै उनले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि यही भएको बताएका छन् ।
राजनीतिक दलहरुले आफू प्रत्यक्षरुपमा प्रभावित नबन्दासम्म नबोल्ने र तमासे बन्न नहुने उनको भनाइ छ । उनले संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई रोक्न लोकतन्त्रपक्षधरहरु मिल्नु पर्ने बताएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस