थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
खबर एक्सप्रेस
२०७९-०५-०६ ०३:४९ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टिजेन विधिबाट २५३ जनामा गरी ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस