सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
खबर एक्सप्रेस
२०८०-०६-१३ ०९:०७ मा प्रकाशित
Total Shares: 170
काठमाडौं - सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।


.gif)



फेसबुक पेज Like गर्नुहोस