आज सूर्यग्रहण लाग्दै : नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
काठमाडौं - आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ । सोहीकारण शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको आंशिक सूर्यग्रहण दक्षिणी गोलार्धका केही भागहरूमा मात्र देखिनेछ। नेपाली समयअनुसार ग्रहण आइतबार राति १०ः४४ बजे सुरु भएर सोमबार बिहान ३ः०८ बजेसम्म रहनेछ।
यो सूर्य ग्रहण हो, जुन देख्नको लागि सूर्य क्षितिजमाथि हुनुपर्छ। उक्त समयमा नेपालमा रात परेकाले यो ग्रहण यहाँबाट देखिँदैन। अर्को सूर्य ग्रहण नेपालबाट आंशिक रूपमा देखिने सम्भावना सन् २०२७ को अगस्ट २ मा छ।
आश्विन कृष्ण औंसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्।
नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस