माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
खबर एक्सप्रेस
२०७७-१२-१९ १०:५४ मा प्रकाशित
Total Shares: 609
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले बताएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सर्वोच्च अदालतले गरेकाे नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
फेसबुक पेज Like गर्नुहोस