काठमाडौं - मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, रातिमा सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको संभावना रहेको र नदिनाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।