प्रधानमन्त्री देउवा बिरामी भएपछि सत्ता गठबन्धनको बैठक सर्यो
खबर एक्सप्रेस
२०७८-०४-१८ ११:३८ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा बिरामी भएपछि सत्ता गठबन्धनको बैठक सरेको छ । सोमबार बिहान १० बजे बैठक बस्ने भनिए पनि दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाले आफूलाई अलि बिसन्चो भएको र आराम गर्नु पर्ने भएकाले बैठक अपराह्न ४ बजेलाई तोकेको जानकारी गठबन्धनका नेताहरुलाई पठाएका छन् । बैठकमा सरकारको कामकारवाही, मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुने बताइएको छ ।
बिहान १० बजे बैठक तय भएको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफ्नो पार्टीको बैठक स्थागित गरेका थिए । गठबन्धनको बैठकमा जानुपर्ने भएपछि तयारीको लागि प्रचण्डले बैठक स्थगित गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस