नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न दिइने छैन : अध्यक्ष दाहाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा चीनको सहयोगको अपेक्षा राखेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित नेपाल चीन आर्थिक तथा वाणिज्य सहकार्य मञ्चलाई सम्बोधन गर्दै उनले चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको र सहयोगको अपेक्षा राखेको बताए । दाहालले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिइने स्पष्ट पारे ।
नेकपा अध्यक्ष दाहालले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई समृद्धिको यात्रामा रुपान्तरित गर्न चाहेको बताए ।दाहालले लामो समयको द्वन्द्व पछि नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको स्मरण गराए ।
चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको उनको धारणा थियो ।
कार्यक्रममा चीनले चितवनमा बनाउन लागेको ६०० देखि ८०० हेक्टर क्षेत्रफलमा औद्योगिक पार्क बनाउने योजनाबारे जानकारी दिइयो ।द्विपक्षीय व्यवस्थापनमा सञ्चालन हुने उक्त पार्कले देशमा रोजगारीको अवसर सिर्जना गर्ने चिनियाँ पक्षको धारणा छ ।
फेसबुक पेज Like गर्नुहोस