काठमाडौं - कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका नेपाल जेनजी मुभमेन्टका अभियन्ता माजिद अन्सारीसहित उनको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार डुबानको जोखिममा परेका सुकुम्बासीहरूको अवस्थाबारे जानकारी लिन होल्डिङ सेन्टर पुगेका अन्सारी, सरिश्मा थापासहितका टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनीहरूलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका सबैलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको बताइएको छ। प्रहरीले पक्राउको कारणबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
घटनाप्रति नेपाल जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ।

.gif)


