इरानसँगको युद्ध यसै साता समाप्त हुने सम्भावना कम : डोनाल्ड ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन्।
'युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भने। उनले भने, “धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ,' ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन् । ट्रम्पले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी पनि गरेका छन् ।
ट्रम्पले चाँडै नै होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूको सुरक्षा गर्न प्रस्ताव गरिएको बताए। तर, अमेरिकी प्रस्तावित सुरक्षा गठबन्धनमा धेरै अमेरिकी सहयोगी देशहरूले स्पष्ट समर्थन जनाएका छैनन्।
ट्रम्पले युरोपेली सहयोगीहरूको यस विषयमा देखिएको अनिच्छाप्रति आलोचना समेत गरेका छन्। संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण सुरु गरेका थिए । आक्रमणमा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो।
इरानमा रहेको मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीका अनुसार आक्रमणमा परि अन्य एक हजार ३५१ नागरिक र एक हजार १२६ सैन्य कर्मचारीको मृत्यु भइसकेको छ । खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।
लेबनानमा पनि अहिलेसम्म ८८६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। युद्धमा विश्वको सबैभन्दा बढी तेल ढुवानी मार्ग होर्मुजको जलडमरूमध्यु मा तेल बोकेका ट्याङ्कर र पानीजहाजहरूमाथि इरानले आक्रमण गर्दै आएको छ । होर्मुज जलडमरूमध्य समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको, तेलको मूल्य बढेको र विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस