ठगी आरोपमा अघोरी बाबाकी श्रीमती पक्राउ
खबर एक्सप्रेस
२०७६-०७-२५ ११:०० मा प्रकाशित
Total Shares: 1154
काठमाडौं - सामाजिक सञ्जलामा अघोरी बाबा भनेर चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।ठगी गरेको आरोपमा उजुरी परेपछि बाबाकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उजुरीका आधारमा बाबकी श्रीमतीलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 'ठगी गरेको आरोपमा बाबाकी श्रीमतीविरूद्ध उजुरी परेको थियो । उजुरीकै आधारमा छलफलका लागि यहाँ ल्याइएको हो', प्रहरी प्रवक्ता होविन्द्र बोगटीले भने।
फेसबुक पेज Like गर्नुहोस