काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले ‘नागरिक करारपत्र’ सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

रास्वपाले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’ नाम दिँदै आएको छ । पार्टीको वाचापत्र फागुनको पहिलो साता सार्वजनिक हुने तयारी भइरहेका बेला लामिछानेले त्यसअघि नै नागरिक करारपत्र ल्याइने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।