काठमाडौं - नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पक्राउ परेका छन् । आमहड्ताल कार्यान्वयन गराउन उत्रिएकी नेता शाक्यसहित हितमान शाक्य, अमृता थापा लगायतलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।