काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्रीको जोहो गर्न सरकार असफल भएको बताएको छ । 

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल पनि बताए । 

‘पिसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएवाट पनि कोभिड १९को महामारीको असर व्यापक र सघन  हुने प्रस्ट छ। तर सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको देखिन्छ।  कोभिड१९को रोकथाम र नियन्त्रण गर्न आवश्यक  कदम चाल्नुको साटो विधमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन  र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ। वढदो  संक्रमण नियन्त्रण गर्न संघ , प्रदेश र स्थानीय तह विच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको छ । दिन प्रती दिन वृद्धि भैरहेका  संक्रमितहरुको उपचारकालागि आवश्यक अस्पताल वेड,आइसु वेड, भेन्टिलेटर लगायतका स्वास्थ्य पुर्वाधार, अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्रीको जोहो गर्न समेत सरकार असफल देखिन्छ। त्यस्तै  कोरोना महामारीको मौका छोपेर वजारमा आवश्यक बस्तुहरूको अभाव शृजना गरि मुल्य बृद्वी र कालाबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहल कदमी लिन नसकेको देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

साथै, कोरोना पीडित मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ । निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन श्रेष्ठले माग गरेका हुन् ।