काठमाडौं - मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

बहराइमा १२,  युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् । कतारले भने राष्ट्रियता नखुलाएका कारण नेपाली संक्रमित भए–नभएको खुलेको छैन । 

राजधानी दैनिकबाट