काठमाडौं - नेपाल व्यवस्थापन संघको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको बलियो सम्भावना देखिएको छ ।

नेपालसँग  समग्र बैंकिङ क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा  विभिन्न महत्त्वपूर्ण विभागहरुमा रहेर काम गरेको अनुभव छ, हाल नागरिक लगानी कोषका कार्यकारी निर्देशक र लक्ष्मी बैंकका अध्यक्षमा समेत कार्यरत छन् ।

रमण नेपाल राष्ट्र बैंकमा हुदै कुशलतापूर्वक जिम्मेवारी पूरा गरी आफ्नो छुट्टै पहिचान बनाएका थिए भने उनी  स्वच्छ छबि भएका विगतमा कुनै विवादमा नपरेका व्यक्ति हुन् ।

उनले नेपाल व्यवस्थापन संघको नेतृत्व गरे व्यवस्थापन क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाउन सक्ने भिजन भएको र नयाँ आयाम थप्न सक्ने व्यक्तिका रूपमा धेरैले लिएका छन् ।