कांग्रेस संकटमा छैनः देउवा
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नपरेको बताएका छन् । नेता नवीन्द्रराज जोशीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कांग्रेस संकटमा नपरेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै भने, ‘पार्टीभित्र कुनै विवाद छैन । नेपाली कांग्रेस हिजो पनि संकटमा थिएन, आज पनि छैन, र भोलि पनि हुँदैन ।
त्यस्तै, देउवाले कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका रहेको बताएका छन् । उक्त जिम्मेवारीलाई सबैले निभाएको उनको भनाई छ ।
त्यस्तै, उनले जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताए । छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशीले केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस