काठमाडौं - सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा सुपर सस्तो प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सो प्याकेजअन्र्तगत ग्राहकले प्रतिमहिना मात्र ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएस स्पिड रहेको इन्टरनेट पाउनेछन् । 

यो प्याकेज १ महिना, ३ महिना, ६ महिना र १ वर्षका लागि उपलब्ध छ। ५० एमबीपीएस स्पिड रहेको इन्टरनेटको लागि ३ महिनाको प्याकेज १९ सय ४७ रुपैयाँमा, ६ महिनाको तीन हजार ८ सय ९४ रुपैयाँमा र एक वर्षको ७ हजार ७ सय ८८ रुपैयाँमा खरिद गर्न सकिनेछ । 

यसले प्याकेजले विद्यार्थी, साना तथा मझौला व्यापारका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ। यसअघि कम्पनीले सुरूवाती चरणमा १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको थियो ।