काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा शुक्रबार तोलामा ३ सयले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँमा कारोबार भैरहेको छ ।