काठमाडौं - नेकपा(एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर्ववत् अवस्थामा पार्टीलाई शसर्त फर्काउने घोषणा गरेसँगै खनाल – नेपाल पक्षले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको हो । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने एक नेताले जानकारी दिए ।

ओलीको घोषणापछि सो समुहका नेताहरुले आ – आफ्नो प्रारम्भिक प्रतिक्रिया दिएका छन् । ओलीको कदम सकारात्मक रहेको र ओलीले भुल्याउन खोजेको भन्ने दुईथरी मत प्रकट भएका हुन् । बैठक पछि साझा धारणा बनाउन सक्ने आँकलन गरिएको छ ।