काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेसमक्ष नवनिर्वाचित सभापति न्यौपानेले शपथ लिएकी हुन् ।

समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी थिइन्।

कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए।

कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।