काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४  जनामा संक्रमण पुष्टि भएको हो । 

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।