काठमाडौं - काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय कोरोना संक्रमित वृद्ध दुई महिनाअघि अष्ट्रेलियाबाट नेपाल आएको खुलेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टेका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार ती पुरूष ३ चैतमा अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएका थिए । हाल उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जनाएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।


 ।