मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्द गर्ने विषयमा निर्णय हुनसक्ने
खबर एक्सप्रेस
२०७७-१२-३० ०१:१० मा प्रकाशित
Total Shares: 346
काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठकका रुपमा सोमबार साँझ बस्न लागेको हो ।
आजको बैठकमा नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने छ । यस्तै बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले गरेकाे सिफारिसबारे पनि केही निर्णय हुनसक्ने बताइएको छ ।
केहीदिनअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तिमा ३ सातासम्म बन्द गर्न लगायत जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस