काठमाडौं - नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना सन्देश दिने रिंगब्याक टोनको सुरुवात गरेको छ । यो सँगै कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालेको छ ।

फोन गर्ने प्रयोगकर्ताले अर्को तर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा थाहा पाउने छन् । कल गर्दा अब सुरुमा पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायमगर्न सन्देशमा भनिएको छ ।

कोरोनाबारे एकैपटक आम रुपमास चेतना सन्देश फैलाउन सहयोग पुर्‍याउने उदेश्यका साथ यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ । यसअघि कोरोनाभाइरस (कोभीड–१९)  संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले टेलिफोन सेवा प्रदायक कम्नीलाई सन्देशमार्फत जानकारी दिन निर्देशन दिएको थियो । सन्देशका साथै रिंगब्याक टोनमार्फत समेत जानकारी दिँदा अझ प्रभावकारी हुने भन्दै यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।