तेस्रो स्थापना दिवस मनाउँदै रास्वपा
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 23
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आज तेस्रो पार्टी स्थापना दिवस मनाउँदैछ ।
रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने भएको हो ।
बिहान ९ बजे रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्नेछ । सभापति रवि लामिछानेको उपस्थितिविनै कार्यक्रम गरिनेछ ।
पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा छन् ।
विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।
फेसबुक पेज Like गर्नुहोस