काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

मंसिर ८ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णयबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

पत्रकार सम्मेलनमा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीहरूलाई निमन्त्रणा गरिएको उनले जानकारी दिएका छन्।

सभापति गगनकुमार थापाको सभापतित्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक शुक्रबार सम्पन्न भएको थियो।