मन्त्रीपरिषद् बैठक स्थगित, कुलमान र सरकारको प्रवक्ताबारे शुक्रबार निर्णय हुने
काठमाडौं - आज (बिहिबार) बेलुका बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्नेगरी स्थगित भएको बताइएको छ ।
आज बस्ने भनिएको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र सरकारको प्रवक्ताको नियुक्ति गर्ने तयारी थियो । अब यसबारे शुक्रबार निर्णय हुने भएको छ ।
गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री खतिवडाले राजीनामा दिएसँगै सरकारको प्रवक्ता पद खाली छ ।
यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि कार्यकाल सकिदैँछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस