एजेन्सी - युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेका हुन् ।

१४ बुँदे प्रारम्भिक सहमतिपत्र तयार हुने चरणमा पुगेको बताइएको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन् ।

इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिए । 

इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ ११ प्रतिशतले घटेको छ । दुई देशबीच  पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव कायमै छ ।