लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत
खबर एक्सप्रेस
२०७८-०५-०७ ०५:१९ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । मतदानमा उपस्थित ४३ जना मध्ये केसीको पक्षमा ४२ मत हुन्न भन्ने पक्षमा १ मत परेको थियो ।
प्रदेश सभामा एमालेको बहिष्कारबीच मुख्यमन्त्री भएको १२ दिनपछि सोमवार विश्वासको मत लिएका हुन् । साउन २८ गते प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री भएका हुन् ।

.gif)


फेसबुक पेज Like गर्नुहोस