काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२१  र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २१ हजार ५६ र एन्टिजेनबाट २६ हजार ५९५ जना पुगेको छ । 

यस्तै, आज थप ३ हजार ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ ।  

आज संक्रमणबाट थप  ५१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ७२६ पुगेको छ ।