प्रदेश-२ को प्रदेश प्रमुखमा हरिशंकरलाई नियुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं - सरकारले प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद रहेका मिश्र २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले माअेवादी केन्द्र निकट रहेका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा. झा लाई नियुक्त गरिएको थियो । हाल सत्तामा कांग्रेसको नेतृतवमा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनको सरकार छ ।
फेसबुक पेज Like गर्नुहोस