काठमाडौं, एजेन्सी - प्रिमियर लिगमा यस सिजन दुई क्लबले सानदार खेल प्रदर्शन गरे । आज प्रिमियर लिगको यस सिजनको अन्तिम खेलहरु हुँदेछन् । अन्तिम खेलले नै कुन क्लबले उपाधि बाजी मार्ने हो टुंगो लाग्नेछ ।

लिग लिडर म्यानचेस्टर सिटी ९० अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल म्यानसिटीभन्दा एक अंकले पछि रहेको छ । यी दुई क्लबबीच तीन सिजन अगाडि पनि यस्तै प्रतिस्पर्धा भएको थियो ।

जसमा म्यानसिटीले बाजी मार्न सफल भएको थियो । आज हुने अन्तिम खेलमा म्यानसिटीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ भने लिभरपुलले उल्भ्ससँग खेल्दैछ ।

त्यस्तै शिर्ष चारका लागि पनि अन्तिम खेल महत्वपुर्ण रहेकोछ  । आर्सनल टोटनहम पराजित होस् भन्ने कामनाका साथ मैदानमा उत्रिदैछ । टोटनहम पराजित भएमा र आर्सनलले इभर्टनलाई पराजित गर्न सकेमा शिर्ष चारमा स्थान बनाउन सक्नेछ ।

टोटनहमको  अन्तिम खेल भने सहज नै रहेको समिक्षकहरुको टिप्पणी छ । ६८ अंकका साथ टोटनहम चौथो स्थानमा रहेको छ भने आर्सनल ६६ अंकका साथ पाँचौँ स्थानमा रहेको छ । रेलिगेनमा परेको क्लब नर्विचसँग टोटनहमले खेल्दैछ ।

त्यस्तै रेलिगेशनबाट बच्न लिड्स र बन्र्लीको प्रतिस्पर्धा रहेको छ । अन्तिम खेलमा बन्र्लीले न्युक्यासलसँग खेल्दैछ भने लिड्सले ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोलीको ३५ अंक रहेको छ ।