काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

.gif)


