काठमाडौं पुनः विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा
खबर एक्सप्रेस
२०८१-१२-२५ ०९:४८ मा प्रकाशित
Total Shares: 83
काठमाडौं - काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ ।
वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।
यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
फेसबुक पेज Like गर्नुहोस