काठमाडौं - नेपाली कांग्रेसको भोलि बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने भएकोले बैठक स्थगित गरिएको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । 

कांग्रेसले आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न भोलि बैठक बोलाएको थियो । मंगलबार पुन: बैठक बस्नेछ ।