काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९८१ र एन्टिजेन विधिबाट ५८७  जनामा संक्रमण पुष्टि भएको हो । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप २०२० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । 

No photo description available.