कांग्रेसको प्रदेश २ सभापतिमा दुई जनाको उम्मेदवारी
खबर एक्सप्रेस
२०७८-०९-०६ ०८:५३ मा प्रकाशित
Total Shares: 176
काठमाडौं,जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ। मंगलबार रामसरोज यादव र रामकृष्ण यादवले प्रदेश सभापतिको लागि उम्मेदवारी दिएका हुन्।
रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्भ। उनी बिमलेन्द्र निधि निकटका नेता हुन्। त्यस्तै, रामकृष्ण पार्टीको रौतहट जिल्ला सभापति हुन्। उनी सभापति शेरबहादुर देउवा निकटका हुन्।
कांग्रेसको अधिवेशनको मंसिर १६ गते नै उद्घाटन भएपनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो।
मतदान बुधबार बिहानैदेखि हुनेछ।
फेसबुक पेज Like गर्नुहोस