‘उपराष्ट्रपति सरकारको विरोध गरेर हिँड्नुहुन्छ, सभामुख झगडिया भए’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन् ।
आफ्नो पक्षद्वारा विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान मिचियो, प्रजातन्त्र मासियो भन्दै उपराष्ट्रपति सरकार विरुद्ध बोल्दै हिँडिरहेको बताएका हुन् । ‘उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ। उहाँको पदले भाषण गर्दै हिड्ने, सरकारको विरोध गर्दै हिड्ने अधिकार दिएको छैन’ उनले भने ।
यस्तै, प्रधानमन्त्री ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई सरकारविरोधी झगडिया हुनलाई सभामुख छानिएको हो भन्दै प्रश्न गरेका छन् । ओलीले सभामुख सापकोटाले कीर्ते गरेको आरोप समेत लगाएका छन् । ‘सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुन हो ? उहाँले किर्ते सनाखत गर्नुभएको छ भन्नु पनि लाज लाग्छ ।’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस