असोज ५ देखि लामो दूरीका यातायात चल्ने
काठमाडौं - बन्द भएको झन्डै ६ महिनापछि आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सोमबार आवश्यक मापदण्ड पूरा गरेर उडान र यातायात खोल्ने निर्णय गरेको हो ।
सरकारले निर्णय नगर्ने हो भने असोज १ गतेदेखि लामो दूरीका सवारीसाधन चलाउने चेतावनी यातायात व्यवसायीले दिएका थिए । यसअघि गत साउन ६ गते लकडाउन खुलेका बेलासमेत लामो दूरीका सवारीसाधन सञ्चालन गरिएको थिएन ।
त्यसपछि सरकारले भदौ ५ देखि सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेको भए पनि कोरोना संक्रमितको संख्या बढेपछि निर्णय बदर गरिएको थियो । चैत ११ गतेदेखि लकडाउन गरेको सरकारले १० गते नै आन्तरिक उडान र लामो दूरीका गाडी चल्न रोक लगाएको थियो ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस