युवती बलात्कारको आरोपमा काँग्रेस नेता पक्राउ
खबर एक्सप्रेस
२०७६-०७-१३ ११:०० मा प्रकाशित
Total Shares: 783
ललितपुर - १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् ।
गजुरेल नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस