काठमाडौं - नेकपा माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। शनिबारदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समितिको बैठक आइतबार बसेर सकिएको हो ।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ। प्रतिवेदनमाथि आठ वटा समूहका टोली नेताले आ–आफ्नो समूहगत रिपोर्ट पेस गरेपछि त्यसको जवाफ अध्यक्ष प्रचण्डले दिएका थिए ।