जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन
खबर एक्सप्रेस
२०७७-१२-३० ११:५४ मा प्रकाशित
Total Shares: 312
काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन् । शनिबारबाट सुरु भएको महाधिवेशनको अध्यक्ष र महासचिवबाहेक अरू पदको लागिमा निर्वाचन भएको थियो।
सोमबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा सिके राउत सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका हुन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।
२३ जना सदस्यका लागि निर्वाचन भएकोमा ८ जना महिला रहेका छन । केन्द्रीय कार्यकारिणी समितिका लागि ४ हजार ५०० प्रतिनिधिले मतदान गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस