काठमाडौं - एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धि अध्यादेशको चर्को विरोध गरेका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले नेकपा एमाले फुटाउन जुन क्रियाकलाप गर्दैछन् त्यसमा खेदजनक छ।’

जालझेल र षड्यन्त्रपूर्ण ढंगबाट संसद बन्द गरेर सरकारले दल विभाजन अध्यादेश ल्याएको ओलीको आरोप छ । ओलीले अध्यादेश लागू गरी एमाले फुटाए सरकारलाई महँगो पर्ने चेतावनी दिएका छन् । 

‘हाम्रो पार्टी फुटाउन जुन जुन शक्ति लागेका छन्। यो लागू भएर एमाले फुटेमा सरकारलाई महँगो पर्नेछ ।’ ओलीले भने । सरकार जनताको समस्या समाधान गर्नेमा भन्दा पनि प्रतिपक्षसँग प्रतिशोध साँध्न केन्द्रित रहेको उनको आरोप छ ।

उनले सबैलाई एकताबद्ध एमालेको पक्षमा उभिन आग्रहसमेत गरेका छन् ।